HUAWEI AR मापन र गोपनीयताबारे कथन

पछिल्लो अद्यावधिक: सेप्टेम्बर 26, 2022

HUAWEI AR मापन Huawei Device Co., Ltd. (यहाँ यसपछि "Huawei", "हामी", "हामीहरू" वा "हाम्रो" भनिने छ) द्वरा उपलब्ध गराइएको एप हो जसले तपाईंलाई वास्तविक संसारका वस्तु र मानव शरीरहरू मापन गर्न अनुमति दिन्छ । Huawei ले तपाईंको व्यक्तिगत जानकारी र गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छ र सान्दर्भिक कानून र स्थापित उद्योग सुरक्षा मानकहरूअनुसार तपाईंको व्यक्तिगत जानकारी सुरक्षा गर्न उचित सुरक्षाका उपायहरू अपनाउन प्रतिबद्ध छ ।

1 हामी तपाईंको व्यक्तिगत जानकारी कसरी सङ्कलन र प्रयोग गर्छौँ

हामीले HUAWEI AR मापनमार्फत तल व्याख्या गरिएका सुविधाहरू तपाईंलाई उपलब्ध गराउने छौँ । हाम्रा करारीय दायित्वहरू पूरा गर्न र तपाईं उक्त सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ भनी सुनिश्चित गर्नका लागि, तपाईंले तिनीहरू प्रयोग गर्दा हामीले तल व्याख्या गरिएअनुसार उक्त सुविधाहरू उपलब्ध गराउनका लागि आवश्यक पर्ने जानकारी प्रक्रिया गर्ने छौँ । तपाईंले सम्बन्धित जानकारी उपलब्ध गराउनुभएन भने, तपाईंले गर्ने यो एपका सुविधाहरूको प्रयोगमा प्रभाव पर्ने छ ।

वस्तु र मानिसहरू मापन गर्ने

वस्तुको लम्बाइ, क्षेत्रफल र आयतनका साथै मानिसहरूको उचाइ, हृदय गति र श्वास-प्रश्वास दर (यन्त्रको मोडेलअनुसार सुविधाको उपलब्धता फरक-फरक हुन सक्छ) मापन गर्न, हामीलाई तपाईंको क्यामेरा पूर्वावलोकन स्ट्रिम, एक्सिलेरोमिटर जानकारी, जाइरोस्कोपसम्बन्धी जानकारी, गुरूत्वाकर्षण सेन्सरसम्बन्धी जानकारी, म्याग्नेटोमिटर जानकारी, स्क्रिन विन्यासको सेन्सरसम्बन्धी जानकारी, प्रणाली सम्पत्तिहरू र यन्त्रको मोडेल स्थानीय रूपमा प्रक्रिया गर्न आवश्यक हुन्छ । तपाईंले मापनहरूका स्क्रिनसटहरू क्याप्चर गरी बचत गर्न AR मापन प्रयोग गर्नुभयो भने, हामीले तपाईंका स्क्रिनसटहरू स्थानीय रूपमा प्रक्रिया गरी भण्डार गर्ने छौँ ।

यसका साथै, HUAWEI AR मापनले तपाईंलाई तेस्रो-पक्ष एपहरूसँग तपाईंको वस्तु मापनसम्बन्धी डाटा (लम्बाइ, क्षेत्रफल र आयतनसहित) साझा गर्न अनुमति दिन्छ । डाटा व्यक्तिहरूसँग लिङ्क गरिने छैन । तेस्रो-पक्ष सफ्टवेयरबाट HUAWEI AR मापन लन्च गर्नुअघि, कृपया तेस्रो-पक्षको गोपनीयता नीति ध्यानपूर्वक पढ्नुहोस् ।

2 आवश्यक अनुमतिहरू

क्यामेरा: तपाईंले यो एपका मापन सेवाहरू प्रयोग गर्दा क्यामेरा पूर्वावलोकनमार्फत AR अल्गोरिदमहरू प्रयोग गरेर वास्तविक संसारका वस्तु र मानव शरीरहरू पहिचान गर्न हामीलाई यो अनुमति आवश्यक हुन्छ । तपाईंले यो अनुमति प्रदान गर्नुहुँदैन भने, तपाईं यो एपको मापन सुविधा प्रयोग गर्न सक्षम हुनु हुने छैन ।

भण्डारण (वा मिडिया र फाइलहरू): तपाईंले मापन नतिजा बचत गर्न बटनमा टच गर्दा मापनहरूका स्क्रिनसटहरू क्यापचर गरी बचत गर्न हामीलाई यो अनुमति आवश्यक हुन्छ । तपाईंलाई त्यस्ता सेवाहरू आवश्यक पर्दैन भने, तपाईं कुनै पनि समयमा यो अनुमति रद्द गर्न सक्नुहुन्छ । तपाईंले गर्ने अन्य सेवाहरूको प्रयोगमा प्रभाव पर्ने छैन ।

तपाईं प्रणाली सेटिङहरूबाट यो एपका अनुमतिहरू व्यवस्थित गर्न सक्नुहुन्छ ।

3 हामीलाई सम्पर्क गर्ने तरिका

हामीसँग व्यक्तिगत जानकारी सुरक्षाका लागि समर्पित विभाग र कर्मचारी छ । तपाईं गोपनीयता प्रश्नहरू को पृष्ठमा गएर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामीले सक्दो छिटो जवाफ दिने छौं ।

तपाईं आफूले प्राप्त गर्नुभएको प्रतिक्रिया प्रति सन्तुष्ट हुनुहुन्न भने, विशेष गरी यदि तपाईं आफ्नो व्यक्तिगत जानकारीको प्रक्रिया वा व्यवस्थापनले तपाईंका कानूनी अधिकार र/वा रूचिहरूको उल्लङ्घन वा अतिक्रमण गरेको छ भन्ने महसुस गर्नुहुन्छ भने, तपाईंले सम्बन्धित क्षेत्राधिकारमा जन अदालतमा मुद्दा दायर गरेर, उद्योग स्वयं-नियमन संघ वा सान्दर्भिक सरकारी नियामक एजेन्सीहरूमा उजुरी पेश गरेर वा अन्य माध्यमद्वारा बाह्य रिजोलुसन खोज्न सक्नु हुने छ । तपाईंले आफ्नो उजुरीलाई अभिव्यक्त गर्ने उपलब्ध च्यानलहरू बारे पनि हामीसँग परामर्श लिन सक्नुहुन्छ ।

Huawei द्वारा तपाईंका व्यक्तिगत जानकारीको सङ्कलन र प्रयोगलाई हाम्रो गोपनीयता नीतिद्वारा नियन्त्रित गरिएको छ । थप जानकारीका लागि, कृपया Huawei उपभोक्ता व्यवसाय गोपनीयता कथन हेर्नुहोस् ।